म्याग्देमा १ लाख राशीको आदर्श कप फुटबल प्रतियोगिता भाेलिबाट

  • ख-
  • ख+

दमौली : फागुन १४ गतेदेखि तनहुँकाे म्याग्देमा १ लाख राशिको फुटबल प्रतियोगिता हुने भएको छ । आदर्श नमुना क्लबकाे आयाेजनामा दशाैं आदर्श तथा पाँचौ तारा स्मृति कप फुटबल अन्तर्गत १ लाख राशिको प्रतियोगिता आयाेजना गरिएको क्लबका अध्यक्ष गाैरवराज रानाले बताए ।

खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता १४ गते सुरु भै फागुन २१ गते सम्पन्न हुने अध्यक्ष रानाले बताए । प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेता लाई ५० हजार नगदका साथै मेडल, ट्रफि र प्रमाणपत्र उपलब्ध गराइने अध्यक्ष रानाले बताए ।


नेपाली काङ्ग्रेसका नेता स्वर्गीय ताराराज रानाको स्मृतिमा क्लवले हरेक वर्ष फुटबल प्रतियोगिता गर्दै आएकाे क्लबका सचिव सलन थापाले बताए । खेलकुदकाे माध्यमबाट भरपुर मनाेरञ्जन दिने र फुटबलको विकास गर्ने उद्धेश्यले आयाेजना हुने प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष रानाले बताए ।

प्रतियोगितामा टिम दर्ता शुल्क ७ हजार ताेकिएकाे र करिब ३५ टिमको सहभागीता रहने अपेक्षा गरिएको रानाले जानकारी दिए । मनहरि खेल मैदानमा हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट डिफेन्डर , सर्वाधिक गाेलकर्ता छुट्याइ आकर्षक पुरस्कार समेत प्रदान गरिने क्लबका उपाध्यक्ष मलिन मल्लले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी