एक्साभेटर लोड गर्दा करेन्ट लागेर मृत्यु

  • ख-
  • ख+

डुम्रे: डुम्रेमा एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार बन्दीपुर गाँउपालिका वडा नं. १ रिमाल्निस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ग १ ख ८२०८ न. को ट्रकमा बा ३ क २६९४ नम्वरको एक्साभेटर लोड गर्ने क्रममा अचानक नाङगो तारमा छोईन जाँदा करेन्ट लागेर ती युवकको मृत्युु भएको हाे ।


मृत्युु हुनेमा तनहूँ जिल्ला ऋषिङ गाँउपालिका वडा न. ५ सतङ्गु बस्ने बर्ष २४ को सोम बहादुर मगर भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी युवराज खड्काले बताए ।


करेन्ट लागेर घाईते भएका मगरलाई तत्कालै उपचारका लागि डुम्रेको लक्ष्मी अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको डिएसपी खड्काले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्