महिला हिंसाविरुद्ध आँबुका युवा जागे

  • ख-
  • ख+

आँबुखैरेनी: महिला हिंसा र बलात्कार बढ्दै गएको पछिल्लो भन्दै आँबुखैरेनी वडा नं ३ का युवाहरूले यस्ता प्रवृत्ति प्रति विरोध जनाएका छन् ।

स्वतन्त्र युवाहरूले देशको पछिल्लो परिवेश निर्मम र क्रुर कार्य हत्या,हिंसा र बलात्कारको जोखिम बढ्दै गएको बन्दै आँबुखैरेनी गाउँपालिकालाई ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका प्रशासकीय प्रमुख विष्णु पोख्रेलले स्वतन्त्र युवाहरूलाई गाउँपालिकाको साथ, समर्थ र सहयोग हुने प्रष्ट पारे ।

युवाहरूले सरकारलाई दबाब दिई यस्ता कु्कार्यहरूप्रति तत्काल कडा निगरानी गर्दै राज्यले आफ्नो दायित्व वहन गर्दै निराकरण गर्नुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

युवाहरूले विरोधस्वरूप मंगलबार ११बजे आँबुखैरेनीमा विभिन्न कार्यक्रमहरू समेत गर्ने घोषणा गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी