बैरेनीमा जग्गा विकास गर्न सरकारको हरियो झण्डा

  • ख-
  • ख+

दमौलीः लामो समयअघि देखि चर्चामा आएको बैरेनी जग्गा विकासको काम अघि बढ्ने भएको छ । हाल व्यास १० मा पर्ने साविक बोटे समुदायको बसोबास रहँदै आएको बैरेनी र आसपासका क्षेत्रको जग्गा एकीकरण गरेर विकास गर्नका लागि बैरेनी जग्गा एकीकरण आयोजनालाई नेपाल सरकार सहरी विकास मन्त्रालयले स्वीकृति प्रदान गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

सहरी विकास मन्त्रालयले सोमबारको राजपत्रमा सूचना प्रकाशित गरि स्वीकृति प्रदान गरेको छ । अब बैरेनी क्षेत्रका साविक फराकचौर वडा नं ८ (घ) र (ङ)) अन्तरगतका जग्गा एकिकरण गरी बस्ती विकास गर्न बाटो खुलेको छ ।

नगरपालिकाले यस अघि सार्वजनिक गरेको विवरणमा सो क्षेत्रमा जग्गा विकास, बाटो तथा अरु पूर्वाधार तयार पार्ने उल्लेख छ । समग्र जग्गालाई क्षेत्र विभाजन गरेर विकास गरिने र त्यसमा जग्गाधनीहरुको हिस्सा रहने बताइन्छ ।

झण्डै १५ सय रोपनीको सम्भाव्यता अध्ययन गरे पछि पहिलो चरणमा २६१ रोपनीमा कार्यक्रम अघि बढ्ने नगरपालिकाले जनाएको छ ।

आयोजनाअन्र्तगत व्यास ११ रानीगाउँमा ११२६ रोपनीको सम्भाव्यता अध्ययन भएको र व्यास–०६ शिशाघाटमा नयाँ शहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोषमार्फत सहरी विकास विभागमा अगाडि बढाइएको र व्यास ०५ मानहुँकोटको गुरुयोजना समेत तयार भएको नगरपालिकाले उल्लेख गरेको छ ।

कार्यक्रममा समावेश क्षेत्र
पूर्वतर्फ व्यास मार्ग देखि ५० मिटर भित्रबाट सुरु फराक चौर ८ ङ (३८७, ४०९, ३३०, ३७०, ३४८, ९७२, ५९३, ६८७, ९४८, ९४९, १०१, १००, ५१६, ९६५,९६२, ९६०, ९६१) फराकचौर ८ घ (५१४, ४९०, ४५६, ४२८, ४८३, ४७६, ४७५, ४७७, १६०, ५७२, ४१७, ७३१, ७३२, ८४२, ८४५, ८४४, ९२७, ६९) देखि भित्रका कित्ताहरु छन ।

पश्चिमतर्फ मादी नदीले कटान गरी बनेको डिल फराकचौर ८ ङ (३) फराकचौर ८ घ (२, १२०६, १२०५) देखि भित्रका कित्ताहरु छन् ।
यसैगरी, उत्तरतर्फ बोटेनी खोल्सी फराकचौर ८ ङ (२९०, ४३, ८९५, २६५, २६७) देखि भित्रका कित्ताहरु छन भने दक्षिणतर्फ व्यास मार्गको प्रतिक्षालय चोक देखि बोटे संग्रहालय जाने बाटो फराकचौर ८ घ (३९०, १३०, १२६०, १४६७, १३३६, ७४२, ७४१, १५१४, १५१५, १२४२, १२४४, १२४५, १२४६, ८८८, ८८७, ८८६, १५४८, १५४६, १५४७, ४०७, ५८५, १३४६) देखि भित्रका कित्ताहरु छन् ।

बैरेनी जग्गा विकास आयोजना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्