
दमौलीः प्रदेश स्थापना दिवसका अवसरमा कार्यक्रम घोषणा गरेको गण्डकी प्रदेश सरकारले बुधबार बिदा घोषणा गरेको छ ।
प्रदेश स्थापना दिवसका अवसरमा प्रगति सार्वजनिक, प्रदेश रत्न पुरस्कार वितरणलगायतका कार्यक्रम गर्ने तयारी गरेको र दिवसका लागि फागुन ४ गते बुधबार बिदा दिने निर्णय भएको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए ।
प्रदेश सरकारका तर्फबाट यससम्बन्धमा एक सार्वजनिक सूचना पनि जारी गरिएको छ ।
