पराशर गुफामा पराशरको मूर्ति

  • ख-
  • ख+

दमौली : पराशर गोत्रीय पन्थ तथा पन्त सेवा समाज नेपालले व्यास ५ बेनी पाटनको पराशर गुफा क्षेत्रमा महर्षि पराशरको मूर्ति निर्माणमा सघाएको छ ।

गुफा क्षेत्रमा पराशेश्वर मन्दिर अगाडि स्थापनाका लागि आफ्ना कुल ऋषि महर्षि पराशरको मूर्ति निर्माणका लागि लाग्ने खर्च ५५ हजार रुपैयाँ संस्थाका अध्यक्ष कृष्णप्रसाद पन्तले पराशर क्षेत्र विकास कोषका अध्यक्ष ताराप्रसाद श्रेष्ठ तथा कोषाध्यक्ष अर्जुन गिरीलाई हालै हस्तान्तरण गरे ।

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थको उपस्थितीमा सहयोग हस्तान्तरण गरिएको समाजका महासचिव माधव पन्थले जानकारी दिए ।

समर्पण बापतको सौजन्य रु. ५५,००० एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । कोषको रकमले आफ्ना कुल गुरुको प्रतिमा स्थापना भएकाले खुशी लागेको समाजका सदस्य ईश्वर पन्थले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी