जिल्ला लिग फुटबलमा १० टिम भिड्दै (कुन टिम कुन समूहमा ?

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
अखिल नेपाल फुटबल संघ एन्फा तनहुँले मंगलबार फागुन ३ गतेदेखि भिमाद खेलमैदानमा आयोजना गरेको जिल्ला लिग फुटबल प्रतियोगितामा तनहुँका १० टिम भिड्दैछन् । मंगलबारबाट हुने प्रतियोगिताको एन्फाले तालिका सार्वजनिक गरेको छ ।

गोलाप्रथाद्वारा सार्वजनिक तालिकाअनुसार समुह ए मा व्यासका हैरान्स क्लब र दोभान युवा क्लब तथा आँबुखैरेनीको अकला युवा क्लब तथा मर्स्याङदी युवा क्लब र बन्दीपुरको अजम्बरी युवा क्लब छन् ।

यस्तै, समूह बीमा आँवुखैरेनीको पुलजिप युवा क्लब र अलस्टार युवा क्लब, भिमादको भिमाद युवा क्लब, शुक्लागण्डकीको खैरेनीटार युवा क्लब र व्यासको नवमित्रता युवा क्लब रहेको एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठले बताए ।

तनहुँ जिल्ला फुटबल संघको आयोजना तथा युवा क्लब भिमादको सहआयोजनामा उक्त प्रतियोगिता हुने बताइएको छ । लामो समय सम्म खेल गतिविधि शून्य भएका बेला हुन लागेको प्रतियोगिताले खेलप्रेमीहरू खुसी भएका छन् ।

तनहुँ एन्फासँग आवद्ध १० टिमले भाग लिने प्रतियोगिताका विजेता टिमले एक लाख र उपविजेता टिमले ५० हजार नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउने अध्यक्ष श्रेष्ठले बताए ।

लिगको उक्त प्रतियोगितामा अन्तिम हुने दुई टिमलाई घटुवा गरि बी डिभिजनमा झारिने र आगामि वर्ष बी डिभिजन प्रतियोगिताको आयोजना गरी त्यसमा प्रथम र द्वितिय हुने टिमलाई ए डिभिजनमा बढुवा गरिने अध्यक्ष श्रेष्ठले बताए । अहिले फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र मंगलबार एक कार्यक्रमकाबीच खेल उद्घाटन हुने अध्यक्ष श्रेष्ठले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी