यसियन फोरम नेपालले भानुका ३० विद्यार्थीलाई दियो छात्रवृत्ति

  • ख-
  • ख+

राजेश कार्की

भानु :यसियन फोरम नेपालको आयोजनामा भानु नगरपालिका भित्रका ३ विद्यालयका ३० जना विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रादन गरेको छ । फोरमले श्री होमराज लोहोनी शारदा शिक्षा सदन भानु-२ नारेश्वरटार,श्री हिमालय मा वि -३ चाम्बास,श्री जनजागृति मा वि -३ तुरतुरे गरि ३ वटा विद्यालयमा अध्यनरत पारिवारिक आर्थिक अवस्था कमजोर तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजारका दरले छात्रवृत्ति रकम प्रदान गरेको हो । कार्यक्रममा यसियन फोरम नेपालका लेखा तथा प्रशासनका निर्देशक एकलाल न्यौपानेले विद्यार्थीको भबिष्यलाई मध्यनजर गर्दै सो रकम सहयोग गरेको बताए । न्यौपानेले सो छात्रवृत्ति रकम नितान्त विद्यार्थीहरूको शैक्षिक प्रयोजनका निम्ति खर्च गरिदिनुहुन अभिभावक समक्ष अनुरोध गरेका थिए ।कार्यक्रममा यसियन फोरम नेपालको केन्द्रिय सदस्य तोरण अधिकारी, यसियन फोरम गण्डकी प्रदेश का संयोजक लक्ष्मण बाँनिया , यसियन फोरम भानु इकाइका अध्यक्ष दिपक राज उपाध्याय लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै भानु-२ का वडा अध्यक्ष अर्जुन बहादुर केसिले हाम्रा भाई बहिनीको भबिष्यलाई चिन्ता गरि यहाँ सम्म आएर सहयोग गर्नुभएकोमा यसियन फोरमको टिमलाइ हार्दिक धन्यवाद ब्यक्त गरे । होमराज लोहोनी शारदा शिक्षा सदन भानु-२ का विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नवीन दाहालले यसियन फोरमले भानु-२ नारेश्वरटारमा भानु सामुदायिक स्वास्थ केन्द्र स्थापना ,भानु महिला बिकास संस्था भानु-२ मा कम्पयुटर सहयोग ,होरालो शारदा शिक्षा सदनमा भवन बनाउन आठ लाख रुपैया तथा ,विभिन्न समयमा गर्दै आएको सहयोग र भानु नगरपालिका प्रतिको मायाका लागि आभारी भएको बताए ।
यस अघि पनि विभिन्न समयमा यसिन फोरम नेपालले विद्यालयको भौतिक सुधारको निमित्त सहयोग गर्दै आएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी