
दुलेगौंडाः तनहुँको शुक्लागण्डकीमा रहेर पत्रकारितामा क्रियाशिल पत्रकारहरुले ‘शुक्लागण्डकी पत्रकार मञ्च’गठन गरेका छन् । विश्व रेडियो दिवसमा अवसरमा यहाँका पत्रकारुको भेलाले यस क्षेत्रका सञ्चार माध्याममा आवद्ध पत्रकारहरुलाई समेटेर मञ्च गठन गर्ने निर्णय गरेका हुन् ।
भेला मार्फत शुक्लागण्डकी एफएमका स्टेशन म्यानेजर राजन उपाध्यायको संयोजकत्वमा तदर्थ समिति चयन गरेको छ । दुलेगौडामा सम्पन्न भएको भेलाले समितिका सह संयोजकमा ममता गुरुङ्ग रहेन गरि नौ सदस्यीय समिती गठन गरेको छ ।
समितिका सदस्यहरुमा राजकुमार आले, अस्मिता खनाल, विनोद ढुंगाना, अशोक विश्वकर्मा, सनिता कार्की, हरि खरेल, करिस्मा विश्वकर्मालाई चयन गरेको छ ।
यस क्षेत्रमा रहेको पत्रकारहरुको एकता र पत्रकारिता क्षेत्रका विकास गर्नका लागि मञ्च सक्रिय रहने संयोजक राजन उपाध्यायले बताए । उपाध्यायले पत्रकारिताका क्षेत्रबाट स्थानीय सरकार र सञ्चार माध्यमको समन्वयलाई प्रभावकारी बनाउन प्रयास गर्ने बताए ।
यहाँका पाँच सञ्चारगृहमा कार्यरत पत्रकार र देशका प्रमुख सञ्चार माध्यममा आवद्ध भएका २२ जना पत्रकार छन् ।