शुक्लागण्डकीमा युथ कांग्रेसको समिति

  • ख-
  • ख+

दुलेगौंडाः युथ कांग्रेस नेपाल तनहुँले शुक्लागण्डकी नगरपालिकामा समिति घोषणा गरेको छ । सम्पन्न युवा भेलाले लियो क्लब अफ शुक्लागण्डकीका पूर्व अध्यक्ष नवीन घिमिरे संयोजक चयन भएका छन् ।

युथ कांग्रेसका जिल्ला संयोजक राजेशकुमार श्रेष्ठको सक्रियतामा सम्पन्न भेलाले समिति घोषणा गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस तनहुँका उप–सभापति एवम ऋषिङ गा।पा अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले युथ कांग्रेसले गर्ने हरेक काममा जिल्ला कार्य समितिको सहयोग हुने बताए । कांग्रेस क्षेत्र नम्बर २ सभापति चुडामणी खनालले युथ कांग्रेस नेपालले वैचारिक युवाहरुलाई कांग्रेसतिर आकर्षित गरिरहेको बताए ।

कार्यक्रममा महासमिति सदस्य महेश्वर भट्टराई, अतिथि महाधिवेसन प्रतिनिधि भक्त श्रेष्ठ, प्रदेश अधिवेशन प्रतिनिधि अञ्जनकुमार श्रेष्ठको उपस्थिति रहेको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्