भाइरल तनहुँसुरमा १६ फिट अग्लो झण्डा

  • ख-
  • ख+

विकास खनाल
तनहुँसुरः
पछिल्लो समय भाइरल बनेको तनहुँसुरमा १६ फिट अग्लो राष्ट्रिय झण्डा अनावरण गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले झण्डाको अनावरण गरे।

व्यास नगरपालिका वडा नं ११ स्थित तनहुँसुरको धरमपानी देउराली डाँडामा राष्ट्रिय झण्डा
अनावरण गरिएको तनहुँसुर पर्यटन बिकास समितिका सचिव सुरेन्द्र अधिकारीले बताए ।

नगर प्रमुख न्यौपानेले तनहुँसुरको पुरातात्विक हब नबिग्रने गरि विकास निर्माणका कार्यलाई अघि बढाइने बताए । तनहुँसुरमा राखिएको झण्डाले यस क्षेत्रको आर्कषण बढ्नुका साथै आन्तरिक पर्यटकहरुलाई समेत प्रोत्साहन गर्न सहयोग पुग्ने न्यौपानेको भनाइ थियो ।

भर्खरै मात्रै कालोपत्रे गरिएको कालोपत्रे सडक छेउको समी चौतारा एकाएक भाइरल बन्दै गएपछि राष्ट्रिय झण्डा राख्दा थप आकर्षण बन्न सक्ने भन्दै राष्ट्रिय झण्डा राखिएको वडाध्यक्ष निरबहादुर खड्काले बताए ।

नव आदर्श टोल विकास संस्थाका अध्यक्ष संञ्जयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजनीतिक दल तथा पर्यटन क्षेत्रका व्यक्तिहरूले तनहुँसुरको महत्वका बारेमा चर्चा गरेका थिए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्