
ऋषिङ : ऋषिङ गाउँपालिका वडा नं ४ सम्म कालोपत्रे प्रयोजनका लागि सार्वजनिक साधन बन्द गर्ने सुचना जारी गरि गरिएको सडक स्तरोन्नतिमा आपतकालीन सवारी साधन समेत संचालन गर्न नसक्ने गरि सडक अवरोध गरिएको छ ।
विगत ३ दिनदेखी झरी र चिसोका कारण वैकल्पिक मार्ग समेत संचालन हुन नसक्नेको र निर्माणाधिन सडकमा बन्दको नाममा जेसिभी प्रयोग गरि साना सवारी साधन तथा आपतकालीन सवारी साधन समेत चल्न नसक्ने गरि खाल्टो खनेर तमासा देखाईएको छ ।
नियमानुसार तापक्रम समेत नपुगेको अवस्थामा कालोपत्रे गर्न नमिल्ने नीतिलाई बेवास्ता गरेर ५ देखि १२ डिग्री तापक्रम रहेको ऋषिङ आसपासमा कालोपत्रे हुनु र अहिले झरिकाबीच प्राईमर छरेर अस्वाभाविक रुपमा बन्द हुँदा आपतकालिन बिरामी तथा विवाहका सवारी समेत रोकिएका छन ।
विवाहका लागि हिँडेको गाडी सडक नहुँदा बिचल्लीमा परेको स्थानीयले बताएका छन् । सम्बन्धित निकायले तत्काल यसतर्फ ध्यान दिन माग गरेका छन ।