
ऋषिङः नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखाको सभापतिमा पुनः इन्द्रबहादुर आले सर्वसम्मत भएका छन् । शनिबार कोटदरबारमा सम्पन्न कार्यक्रमबाट आलेको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन भएको हो ।
सोसाइटीको उपसभापतिमा खेलीमाया थापा, सचिवमा कविराज श्रेष्ठ तथा कोषाध्यक्षमा विष्णुबहादुर आले सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी, उप सचिवमा इन्द्रबहादुर आले (ख) र उप कोषाध्यक्षमा श्रीराम आले चयन भएका छन् । कार्य समितिका सदस्यहरुमा टंकबहादुर थापा, तिलबहादुर थापा, गणेशकुमार श्रेष्ठ, सन्तबहादुर थापा तथा मीनकुमारी आले चयन भएका छन् ।

५ जना सभासद समेत टुङ्ग्याईएको बताइएको छ । उपशाखाले कार्यसमिती बैठकबाट टुङ्ग्याईने सभापती ईन्द्रबहादुर आलेले जानकारी दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्वयंसेवामा जुट्न सबैलाई आग्रह गरे ।
संविधान सभासद झुलबहादुर आले, नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि प्राडा कृष्णप्रसाद गौतम, सोसाइटीका पूर्व सभापति एवं कांग्रेस परशुराम गिरी, सहसचिव मिलन आले, युवा नेता मोहन गिरीलगायतले शुभकामना व्यक्त गरे ।