तनहुँ उद्योग वाणिज्य संघले व्यापारीलाई भन्यो कृत्रिम अभाव श्रृजना नगर्नु

  • ख-
  • ख+

दमौलीः तनहुँका व्यापारीको छाता संस्था तनहुँ उद्योग वाणिज्य संघले आवश्यक सामग्रीको कृत्रिम अभाव नगर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

संघका तर्फबाट अध्यक्ष पविन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा व्यवसायीलाई यस्तो आग्रह गरिएको हो । यसैगरी, संघले उपभोक्तालाई समेत आवश्यकभन्दा बढी सञ्चय नगर्न आग्रह गरेको छ ।

कोभिडको ओमिक्रोन भेरिएन्ट स्थानीयस्तरमा फैलिरहेको भन्दै स्थानीय प्रशासनको आदेशअनुसार व्यवसाय सञ्चालन गर्न संघका तर्फबाट आग्रह गरिएको छ ।

साथै, व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पालना गर्न भन्दै मास्कको प्रयोग अनिवार्य गराउन अनुरोध गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्