क्षतिपूर्तिमा कुरा मिले पछि प्रहरी कार्यालय घेरेका देउराली सवारी दुर्घटनाका आफन्तले शव बुझे

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
गत सोमबार राती ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकलमा सवार दुई जनाको परिवारलाई साढे ६ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने सहमति पछि मृतकका आफन्तले शव बुझेका छन् ।

उचित क्षतिपूर्ति र दोषीलाइ कार्वाहीको माग गर्दै मृतकका आफन्तजनले दुई दिन देखि जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएकामा बुधबार पीडित पक्ष र ट्रक व्यवसायी समितिबीच सहमति भएपछि शव बुझेको मृतकका दाजु ध्रुव विकले बताए ।

परिवारलाई तेश्रो पक्षको बीमामार्फत पाँच लाखसँगै ट्रक समितिको तर्फबाट डेढ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने सहमति भएको भनिए पनि प्रहरीले भने नियमअनुसार नै रकम सहमति भएको बतायो ।

तर प्रहरीले भने बिमा रकममा किरिया खर्च ५० हजार समितिले दिने गरी सहमति भएको दावी गरेको छ ।

काजक्रियावापत रु.५० हजार तत्कालै उपलब्ध गराइएको र अन्य रकम बिमामार्फत उपलब्ध हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । ट्रकको ठक्करबाट सोमबार राती म्याग्दे १ का २६ वर्षिय विकास विक र व्यास ५ का २२ वर्षिय अनिल बाचे मगरको ज्यान गएको थियो ।

जन्म दिन मनाउन दमौलीबाट बन्दीपुर जाने क्रममा व्यास १२ देउरालीमा लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनीहरुको घट्नास्थलमै ज्यान गएको थियो । अहिले ट्रक र चालक प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्