
दानबहादुर श्रेष्ठ
ऋषिङः नेपाल रेडक्रस सोसाईटी ऋषिङ उपशाखाको सभापतिमा मथुराकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न सातौं अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्य समिति निर्वाचित भएको छ ।
कार्य समितिको उपसभापतिमा यमुना श्रेष्ठ, सचिवमा भरतकुमार श्रेष्ठ, उपसचिवमा दिलमाया थापा निर्वाचित भएका छन् । यसैगरी, कोषाध्यक्षमा चिज कुमार श्रेष्ठ तथा सहकोषाध्यक्षमा विष्णुमाया थापा निर्वाचित भए ।
उपशाखाका सदस्यहरुमा सुन्तली श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, मोतिलाल राना,हस्तमाया थापा र चन्द्रबहादुर थापा छन् ।
उपशाखाका निवर्तमान सभापति रमेशकुमार श्रेष्ठको सभापतित्वमा कार्यक्रमको संविधानसभा सदस्य झुलबहादुर आलेले रेडक्रसका सात सिद्धान्त बाचन गरेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा सोसाइटीका जिल्ला प्रतिनिधि रामदत्त पौडेल, निवर्तमान उप सभापति गणेशकुमार श्रेष्ठलगायतले बोलेका थिए ।