मन्त्रीको चेतावनीपछि भिजिट भिषामा यूएई पुर्याएर अलपत्र पार्ने कम्पनीका सञ्चालकद्वारा फिर्ताको प्रतिवद्धता

  • ख-
  • ख+

काठमाडौंः आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पु¥याएर अलपत्र पारेको आरोप खेपेको कम्पनीले आफ्नै टिकट खर्चमा नेपालीलाई स्वदेश फिर्ता बोलाउने प्रतिवद्धता जनाएको छ ।


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको चेतावनीपछि पाँच नेपाली युवालाई भिजिट भिसामा यूएई पु¥याउने कार्यमा संलग्न त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीका संचालक कोमलराज उपाध्यायले अलपत्र परेका पाँच नेपालीलाई स्वदेश फिर्ताको व्यवस्था मिलाएको बताए ।

यूएईमा रहेका उपाध्यायले मन्त्री श्रेष्ठलाई टेलिफोन गरी आफ्नो कारणले अलपत्र परेका युवाहरुलाई उद्धार गर्ने प्रतिवद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।


उपाध्यायको त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सीले कयौं युवालाई महिनौं अलपत्र पारेको तथा क्याम्पमा अमानवीय व्यवहार गरेको मन्त्रालयमा उजुरी परेको मन्त्रालयले जनाएको छ । नेपाली युवा अलपत्र परेको खबर आए पछि मन्त्री श्रेष्ठले कम्पनीलाई नेपाली फिर्ता बोलाउन अन्यथा कारबाही भोग्न चेतावनी दिएका थिए ।


आकर्षक रोजगारी लगाइदिने भन्दै ‘भिजिट भिषा’मा यूएई पु¥याएर अलपत्र पार्ने काममा मेनपावर कम्पनी, कन्सल्ट्यान्सीहरु. ट्राभल्स संचालकहरु, दलाल तथा बिचौलियाहरु संलग्न रहेको पाइएकोले उनिहरुलाई कारवाहीको दायरामा ल्याउने मन्त्री श्रेष्ठले बताए ।


उनले एक अपिल जारी गर्दै अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेमा त्यस्तो कार्यमा संलग्न कम्पनी वा ब्यक्तिलाई कारबाहीको दायरा ल्याउन उनीहरुबारे जानकारी गराइ सहयोग गर्न आग्रह पनि गरे । सचिवालयको मोवाइल नम्बरः ९८२३२५६७०४ र ९८२३२५६७०६ मा सिधै सम्पर्क गरी गुनासो टिपाउन मन्त्रालयले आग्रह गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी