
दमौली : व्यास नगरपालिकाले व्यास–१४ का दुई टोल विकास संस्थालाई बीस लाख हस्तान्तरण गरेको छ ।
कुलुङ माझथर र सुडे मरौठे टोल विकास संस्थालाई दश /दश लाखका दरले चेक दिईएको हो ।
व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल,सहकारी तथा साझेदारी शाखाका उपप्रमुख राजु पण्डित लगायतले वडाअध्यक्ष काजीमान श्रेष्ठ र टोल विकास संस्थाका पदाधिकारीहरुलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नगरपालिकाले टोल विकास संस्थालाई बिना धितो र सस्तो ब्याजदरमा रकम लगानी गर्दै आईरहेको छ। टोल विकास संस्थाका लागि आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले लगानी गरीएको व्यास नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।
उनले भने व्यास नगरपालिका ले प्रदान गरेको यो रकमले पक्कै पनि टेवा पुर्याउने आसा गरेका छौ । हामी ले कोरोनाका कहरमा कार्यालयमा बोलाएर हस्तान्तरण गर्नु भन्दा गाउँमै गएर सेवा दिने योजना अनुरुप चेक प्रदान गरिएको हो ।
टोल विकास संस्थाले एक बर्षपछि १५ प्रतिशत ब्याज सहित नगरपालिकालाई फिर्ता गर्नुपर्ने प्राबधान रहेको व्यासनगरपालिकाका सहकारी तथा साझेदारी शाखाका उप-प्रमुख राजु पण्डितले जानकारी दिए ।
उनकाअनुसार १५ प्रतिशत व्याज बाट ३ प्रतिशत टोल विकास संस्था को खातामा व्यास नगरपालिका ले पठाइ दिने पनि जनाए ।