प्रमुख र उप प्रमुखलाई कोरोना देखिएपछि व्यास नगरपालिका ५ दिन बन्द

  • ख-
  • ख+

दमौलीः आफ्ना नगर प्रमुख र उप प्रमुखमा कोरोना संक्रमण देखिए पछि व्यास नगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी सूचनामा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि गरिएको पीसीआर परिक्षणका क्रममा व्यास नगर प्रमुख र उप–प्रमुखको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको उल्लेख गरिएको छ ।


यसैगरी, अन्य कर्मचारी समेत संक्रमित भएको पाईएकाले व्यास नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा मंगलबार माघ ११ बाट १४ गतेसम्म बन्द गरिने सूचनामा छ ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्