जन्मदिनको अवसरमा वृद्धाश्रमलाइ सहयोग

  • ख-
  • ख+

दमौली : जन्मदिनको अवसर पारि व्यास २ निवासी तेज बहादुर पन्थले बृद्धाश्रमलाई सहयोग गरेका छन् ।

चापाघाट स्थित बेद ब्यास जेष्ठ नागरिक अाश्रममा रहेका वृद्ध बाबा आमाहरुलाई सहयोग पुगाेस भन्ने हेतुले नगद रू ५ हजार सहित बिहान को खाना,न्यानो कपडा सहयोग गरेको पन्तले बताए ।

जन्मदिनमा गरिने फजुल खर्च राेकि सामाजिक उत्तरदायित्वकाे भावना लिई अाश्रममा सहयोग गरेको पन्तको भनाइ छ । पन्थको सहयोग प्रति अाश्रमकि अध्यक्ष सावित्री श्रेष्ठले पन्त र उनको परिवारलाई धन्यवाद दिएकी छन् ।

महिलाहरूकाे सकृयतामा विपन्न , अशक्त , असहाय तथा उपेक्षित जेष्ठ नागरिकको भरणपोषण , स्याहारसुसार का साथै मृत जेष्ठ नागरिकको दाहसंस्कारमा समेत सकृय भुमिका खेलेको सँस्थालाइ सहयोग गर्न पाउँदा खुसि लागेको पन्थले बताएका छन् ।

कार्यक्रममा अाश्रमका निर्मला मल्ल , सकुन्तला अाले , मन्जु थापा , लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्