
दमौली : सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै युवा संघ तनहुँले शुक्रबार दमौलीमा विरोध र्याली निकालेको छ ।

शेर बहादुर देउवा सरकारले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको भन्दै विरोध सभा सहित र्याली निकालिएको थियो ।

प्लेट कार्ड सहित निकालिएको विरोध सभाको र्यालीमा सरकारलाई दवाव दिने खालका नारा लेखिएको थियो । उक्त र्यालीमा मोटर साईकल लगायतका साधन स्टाड बन्द गरी हिडाईको थियो ।