
दमौली : सत्यवती माध्यमिक विद्यालय दमाैलीकाे निमित्त प्रधानाध्यापकमा एकबहादुर गुरुङ चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षमा बिहीबार बसेको सञ्चालक समितिकाे बैठकले गुरुङलाई निमित्त प्रधानाध्यापकमा नियुक्त गरेको हो ।विद्यालयमा कार्यरत माध्यमिक तहको प्रथम श्रेणीका शिक्षक गुरुङलाई सर्वसम्मत रुपमा चयन गरिएको समितिका अध्यक्ष करूण काफ्लेले जानकारी दिए ।
निमित्त प्रधानाध्यापक गुरुङ २०६० सालमा माध्यमिक तहको तृतिय श्रेणीमा स्थायी शिक्षक हुँदै २०६७ सालमा द्धितिय र २०७७ सालमा प्रथम श्रेणीमा नाम निकाल्न सफल भएका थिए । गुरुङ विज्ञान तथा गणित विषयका शिक्षक हुन ।