विदेशबाट फर्केका सहित व्यासमा ८ जनामा संक्रमण

  • ख-
  • ख+

दमौली: व्यास नगरपालिकामा आठ जना नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिनेमा व्यास १, २, ३, ७, १० र १३ का व्यक्ति छन् ।

नयाँ संक्रमित मध्ये व्यास १ का २४ र ४१ वर्षका पुरुष भारतबाट आएर होम क्वारेन्टिनमा बसेका छन् ।

व्यास २ का संक्रमित पुरुषकी पत्नीमा पनि कोरोना संक्रमण भेटिएको छ । यसैगरी व्यास ३ मा भारतबाट आएका एक पुरुषकै परिवारकी सदस्य ४५ वर्षिया महिला र अर्का ३२ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

व्यास ७ र १३ का भारत तथा खाडी मूलुकबाट फर्केका २७ र ६० वर्षका पुरुषसँगै यस अघि संक्रमण भेटिएको व्यास १० को परिवारको सम्पर्कमा आएकी स्थानीय २४ वर्षिया महिलामा पनि संक्रमण भेटिएको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
पछिल्लो समय गण्डकी प्रदेशका १८ जनामा संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी