नेपाली कांग्रेस क्षेत्र १ को कोषाध्यक्षमा पविन्द्र, प्रवक्तामा हरिप्रसाद

  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेस क्षेत्र नम्बर १ को कोषाध्यक्षमा पविन्द्र भट्टराई नियुक्त भएका छन् । यसैगरी, क्षेत्रीय प्रवक्तामा हरिप्रसाद मिश्र नियुक्त भएका छन् ।

क्षेत्रीय कार्य समितिको आइतबार बसेको पहिलो बैठकले व्यास –२ निवासी भट्टराईलाई कोषाध्यक्ष र प्रवक्तामा व्यास–८ रिस्ती निवासी मिश्रलाई मनोनित गर्ने निर्णय गरेको सह सचिव शैलेस खातीले जानकारी दिए ।

कांग्रेसको विधानमा कोषाध्यक्ष र प्रवक्ता मनोनित हुन निर्वाचित क्षेत्रीय कार्य समिती सदस्य हुनुपर्ने व्यवस्था छ ।

बैठकले क्षेत्र न १ भित्र रहेका प्रत्येक नगरपालिका र गाउँपालिकाभित्र रहेका नगर, गाउँपालिका तथा वडा कार्य समितिलाई सक्रिय बनाउँदै छुटेका मतदाता नामावलीमा नाम दर्ता गराउनको लागि सहयोग गर्ने निर्णय गरेको छ ।

सभापति श्यामकुमार मौरतिको सभापतित्वमा बसेको बैठकले क्षेत्र न १ अन्तर्गत रहेका ४२ वटै वडामा टोल कार्य समिती यथासक्य छिटो सम्पन्न गर्नका लागि स्थानीय एकाइलाई परिपत्र गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गत शुक्रबार साझ बन्दीपुर गाउँपालिका वडा न ६ हुस्लाङ हटियामा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका आफ्ना क्षेत्रीय प्रतिनिधि हरिबहादुर न्यौपाने तथा उनकी पत्नी शुशिलासँगै ६ जनाको मृत्युमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गर्दै घाइतेको स्वास्थ्यलाभको कामना समेत गरेको सहसचिव खातीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्