तनहुँसुर र सेरोफेरो पुस्तककाे विमाेचन

  • ख-
  • ख+

लेखक देवी बहादुर वस्न्यात द्वारा लिखित तनहुँसुर र सेरोफेरो पुस्तक काे शताब्दी पुरूष भिमबहादुर बस्न्यातले बिमाेचन गरेका छन् ।

माघे संक्रान्तिकाे अवसर पारेर सनिवार व्यास परिसरमा अायाेजित एक कार्यक्रमका बिच पुस्तक विमाेचन गरिएको हाे । पुस्तक बिमाेचन गर्दै प्रमुख अतिथि बस्न्यातले पुस्तक एतिहासिक दस्तावेजकाे रूपमा अाएकाे बताए । भाेलि अनुसन्धान कर्ताहरूलाइ पनि पुस्तक प्रभावकारी हुने उनको भनाइ थियो ।

कार्यक्रममा व्यास नगरपालिका वडा नँ २ का अध्यक्ष काशीराम श्रेष्ठले लेखककाे लेखन कार्य अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । लेखक बस्न्यातले पुस्तक प्रकाशन गरेर एतिहासिक काम गरेको त छँदैछ त्यससँगै सक्रान्तिकाे अवसरमा कन्दमुल दिवस मनाउने प्रचलन बसालेर ठुलो काम गरेको बताए ।


व्यासका अध्येता काशीनाथ न्याैपानेले जसको घरमा काजकिरिया हुँदैन त्यो घरमा भुतप्रेत हुने बताए । पुस्तकमा खाेज गहिरो रहेको छ भन्दै न्याैपानेले यस्ता खालका कृति हरू भाेलिका दिनमा पनि निकाल्ने प्रेरणा मिलाेस भन्ने सुभकामना दिए ।


कार्यक्रममा नेकपा समाजवादी का अध्यक्ष शंकर नारायण श्रेष्ठले बिबिधताले भरिएको जिल्लामा तनहुँ अगाडि पर्ने बताए । तनहुँसुरमा धेरै कुरा , ठुलो इतिहास हुँदाहुँदै पनि पछिल्लो समय लाेप हुँदै जाँदा नयाँ पुस्तालाई त्यहाँको इतिहास बुझाउन नसकिरहेकाे बेलामा पुस्तक प्रकाशनले ठुलो सहयोग पुग्ने बताए ।

साे अवसरमा बेद अनुयायी प्रतिस्ठानका अध्यक्ष कृष्णकान्त काफ्लेले नेपालमा मात्रै नभै भारतका विभिन्न ठाउँमा समेत माघे पर्व मनाउने प्रचलन रहेको बताए । माघे संक्रान्ति पर्व अत्यन्तै महत्त्वपूर्ण पर्व भन्दै काफ्लेले सात्विक भाेजनकाे लागि सुरुवाति दिन भएको बताए । त्यसैको परिणाम स्वरूप संक्रान्तिलाइ कन्दमुल पर्वको रूपमा समेत लिने गरिएको उनको भनाइ छ ।

मानव जिवनकाे सबैभन्दा ठुलो पर्व भनेको अहिँसा नैँ हाे भन्दै काफ्लेले माघे सक्रान्ति अहिँसाकाे सुरुवाति दिन भएको बताए । कार्यक्रममा १ सय बर्ष पूरा गर्न लाग्नुभएका शताब्दी पुरूष कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भिमबहादुर बस्नेत लाई लिलामान सिंह स्मृति प्रतिस्ठानका अध्यक्ष समेत रहेका रामचन्द्र बस्न्यातले दाेसल्ला अाेढाएर सम्मान गरेका थिए ।

लेखक देवी बहादुर बस्न्यातकाे अध्यक्षतामा भएको कार्यक्रममा श्रीप्रसाद भट्टराईले पुस्तककाे समिक्षा गर्दै पुस्तकले इतिहास लाई जिवन्त राख्ने मात्रै नभै तनहुँसुर वरिपरिको यथार्थ चित्रण गरेको बताए । कार्यक्रममा गणेश बस्नेत मणिजंग बस्नेत , विकास खनाल , मंगलप्रसाद श्रेष्ठ , श्रीराम कार्की , ऋषिराम ढुंगाना , बुद्धिकुमार बतास , रामचन्द्र बस्न्यात लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी