
दमौलीः जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि विद्युतीय राहदानी वितरण सुरु गरेको छ । सेवा सुरु सँगै अब विद्युतीइ राहदानी लिन काठमाडौं जानु नपर्ने भएको छ ।
पुरानो राहदानीको समय सकिएका सबैलाई प्रशासनले विद्युतीय राहदानी प्रदान गर्न थालेको छ ।
पहिलो चरणमा दैनिक १० जनालाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।
विद्युतीय राहदानी बनाउन राष्ट्रिय परिचयपत्र वा यसको १० अङ्कको नम्बर अनिवार्य गरिएको छ । त्यसैले सर्वसाधारणले पहिला राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने भएको छ ।