व्यासको निर्देशनः सबै विद्यालय बन्द गर्नु

  • ख-
  • ख+

दमौलीः कोभिडको संक्रमण बढ्दै गएको भन्दै व्यास नगरपालिकाले हिउँदे बिदा दिएर विद्यालय बन्द गर्न सबै विद्यालयलाई निर्देशन जारी गरेको छ ।


नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीद्वारा जारी सूचनामा नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी विज्ञप्ति समेतका आधारमा परीक्षा सञ्चालन र खोप अभियान निरन्तर रहने गरी विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्देशन दिइएको छ ।


यस अघि शिक्षा विकास तथा समन्वय एकाईले वैकल्पिक पठनपाठनका लागि आवश्यक सूचना जारी समेत गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी