तीन जिल्लाका नागरिक लक्षित गर्दै आँबुखैरेनीले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा

  • ख-
  • ख+

सन्देश आचार्य
आँबुखैरेनीः
आँबुखैरेनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय आँबुखैरेनी तनहुँले बुधबारबाट एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
तनहुँको पुर्वी क्षेत्रमा अवस्थित यस स्थानीय निकाय गोरखा र चितवन जिल्लासँग सीमा जोडिएको छ ।

एम्बुलेन्स सेवाको सुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष गिरबहादुर थापाले आफ्नो स्थानीय तहले संचालनमा ल्याएको एम्बुलेन्स सेवाले अब आँबुखैरेनी मात्र नभई,गोरखा,चितवन,र तनहुँका विभिन्न पालिकाहरूका स्वास्थ्य सेवाग्राहीहरू लाभान्वित हुने बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले तनहुँ क्षेत्रमा सुविधा सम्पन्न अस्पतालहरू नभएको ,स्वास्थ्य परिक्षणका लागि अन्यत्र जिल्लाहरूमा जानुपर्ने अवस्थामा गाउँपालिकावासीले पाएको दुःख कम गर्न र महामारीको रूपमा फैलिएको कोरोना(ओमिक्रोन)सँग जुध्दै चुस्त स्वास्थ्य सेवा प्रदान गर्नका लागि एम्बुलेन्स सेवा विस्तार गरिएको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्