प्रेस चौतारी तनहुँमा बीबी श्रेष्ठ सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः प्रेस चौतारी नेपाल तनहुँको अध्यक्षमा राजकुमार श्रेष्ठ बीबी सर्वसम्मत निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न चौतारीको नवौं अधिवेशनबाट बीबीको नेतृत्वमा सर्वसम्मत कार्य समिति निर्वाचित गरेको हो । उनी यस अघि संगठनको उपाध्यक्ष थिए ।

अधिवेशनले उपाध्यक्षमा कृष्ण न्यौपाने, महिला उपाध्यक्षमा सम्झना रसाइली, सचिवमा ऋषिकान्त दुवाडी, कोषाध्यक्षमा मदन तिमिल्सिना, सहसचिवमा किरण श्रेष्ठ र सुनिता आचार्यलाई निर्वाचित गरेको छ ।

अधिवेशनबाट समितिका सदस्यहरूमा विनोद ढुंगाना, ध्रुव सुवेदी, सबिन लामिछाने, अञ्जन परियार, शर्मिला विक र अशोक विक छन् । १५ सदस्यीय समितिमा दुई सदस्य थप गरिने चौतारीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्