नेपाल शिक्षक संघ तनहुँ अधिवेशनः सभापतिमा रमेशबाबुको दावेदारी

  • ख-
  • ख+

दमौलीः नेपाल शिक्षक संघको अधिवेशन मिति नजिकिएसँगै सम्भावित नेतृत्वका दावेदारहरु सतहमा आउन थालेका छन् ।


जिल्लामै धेरै शिक्षक आवद्ध नेपाली कांग्रेसनिकट शिक्षकहरुको छाता संस्था भएकाले पनि नेपाल शिक्षक संघको नेतृत्वमा आउने चाहना धेरैको रहन्छ ।
यसै दौडमा संघका नेता तथा राहत शिक्षकहरुको संघर्ष समितिमा नेतृत्व गरिसकेका रमेशबाबु भट्टराईले आकांक्षा देखाएका छन् ।

उनले यसका लागि तयारी तीव्र पारेका छन् । शिक्षक संघको विभिन्न भूमिकामा रहेर काम गरेका तथा शिक्षकलाई निजामती कर्मचारीसरह सेवा सुविधाका लागि मुद्दा दायर गरेर सर्वोच्च अदालतमार्फत नै हक दिलाउन आफूले खेलेको भूमिकाको मतदाता शिक्षकहरुले सम्मान गर्ने आशा रहेको उनले दमौली न्यूजलाई बताए ।


संघमा आवद्ध झण्डै २८ सय शिक्षकले आगामी फागुन तेश्रो साता हुने अधिवेशनमार्फत नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् । रमेशबाबु भने आफूले खेलेको भूमिकाका कारण कार्यकर्ताबाट मत पाउने अपेक्षा उनको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी