प्रेस चाैतारी तनहुँकाे अधिवेशन सुरु, अध्यक्षमा पाैडेल र श्रेष्ठको दावी

  • ख-
  • ख+

दमौली: प्रेस चाैतारी नेपाल तनहुँ शाखाको नवौं जिल्ला अधिवेशन सुरु भएको छ । पाैस २८ गते दमाैलीकाे टास्क भिलेजमा अायाेजित अधिवेशनकाे नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पुर्व मन्त्री किरण गुरूङले उद्घाटन गरे ।

अधिवेशनकाे उद्घाटन गर्दै उनले पत्रकारलाई  राज्यको चाैथाे अँग भनिएपनि राज्य भन्दा जिम्मेवार बन्नुपर्ने पेशा भएको बताए । देश निर्माणकाे साझा एजेन्डा कहिले बन्ने हाे भन्दै यसबारेमा मिडियाले भुमिका खेल्नुपर्ने बेला भएको गुरूङकाे भनाइ थियो । भिजन , नीति , कानुन भन्छाैँ हामी तर नीति भनेको केहाे कानुन भनेको केहाे यसबारेमा छलफल चलाउनुपर्ने र त्यसको लागि मिडियाले वातावरण बनाउनुपर्ने गुरूङकाे भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् नेकपा एमालेका केन्द्रीय सदस्य भगवती न्याैपानेले संसारलाई बदल्ने शक्ति बाेकेकाे पत्रकारहरू प्रति अाफ्नाे सधैं सम्मान रहने बताइन् । जनता लाई जागरूक र परिवर्तन गर्ने कुरामा पत्रकारको भुमिका महत्त्वपूर्ण रहेको न्याैपानेले बताइन्  । कार्यक्रममा  संघीय सांसद केदार सिग्देलले पत्रकारले स्वाभिमान बचाउने तर्फ लाग्नुपर्ने भन्दै  व्यक्तिको पत्रकार नबन्न सुझाव दिए ।

प्रेस चाैतारी नेपाल तनहुँका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , प्रदिप काफ्ले , उज्ज्वल पाैडेल , अमरराज नहर्की, सानेबहादुर नेपालि , समुन्द्र पाैडेल , कृष्ण न्याैपाने , राजेश्वर ढकाल लगायतका वक्ताहरूले कार्यक्रम सफलताको सुभकामना व्यक्त गरेका थिए ।

साे अवसरमा १० हजार राशीकाे प्रेस चाैतारी कृयाशिल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार वसन्ती बाँस्तोला र प्रकाशचन्द्र भट्टराईलाई सम्मान गरिएको थियो । अधिवेशनमा चाैतारीकाे अागामी अध्यक्षका लागि  पत्रकार समुन्द्र पाैडेल र राजकुमार श्रेष्ठ विवि काे दावि रहने बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्