भानुमा थप दुईजनामा कोरोना पुष्टि, नगरपालिकाका ओभरसियर नजरबन्दमा

  • ख-
  • ख+

मनोज कुमार श्रेष्ठ, भानु नगरपालिकामा आज थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार (आज) बिहान सार्वजनिक गरेको विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेमा भानु नगरपालिका ३७ र २८ वर्र्षीय (पुरुष) रहेका छन ।
कोरोना सङ्क्रमण पुष्टि हुने प्रहरी र निर्माण व्यवसायी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
आज थप दुईजना सहित भानु नगरपालिकामा कोरना पुष्टि हुनेको संख्य २६ पुगेको छ भने समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण बढेपछि भानु नगरपालिका भदौ १४ गते सम्मलाई जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गरेको छ ।


भानु नगरपालिकामा कार्यरत एक ओभरसियर र स्वास्थ्यकर्मी अञ्जना अधिकारीलाई समाजले नजरबन्दमा राखेपछि भानु नगरपालिकामा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी द्गारा ध्यानाकर्षण।

नगरपालिकाका ओभरसियर नजरबन्दमा


भानु नगरपालिकामा कार्यरत एक ओभरसियरलाई समाजले नजरबन्दमा राखेको छ । भानु नगरपालिकामा कार्यरत ओभरसियर संजीव अधिकारीको १० दिनअघि कोरोना परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आयो । उनीसँगै काम गर्ने इञ्जिनियरलाई भने संक्रमण देखिएको भन्दै उनलाई समाजले नजरबन्दमा राखेको खबर छ ।


भानु नगरपालिकाले कर्मचारीलाइ कोरोना रिपोर्ट नेगेटिभ देखिएपनि आ–आफ्नो घरमा बस्न भन्दै घर पठाएको थियो तर संजीव भने आफ्नो घरमा बस्ने ठाउँको अभाव भएको भन्दै भानु ११ स्थित दिदी अञ्जना अधिकारी पौडेलको धन्सारमा गएर छुट्टै बसेका थिए ।


स्थानियले भने आफ्नो घरमा नबसेर किन यसरी दिदीकोमा बस्न आयो भन्दै विरोध जनाउदै तत्काल बैठक बसेर छुट्टै बस्न आग्रह गरेता पनि सञ्जीव मात्र नभएर दिदी अञ्जना सहित सपरिवार नै घर बाहिर ननिस्कन उर्र्दी जारी गरको छ । समाजले नजरबन्दमा राखेपछि सञ्जीवले आफु पढेलेखेको व्यक्ति भएकाले कोरोना रिपोर्ट नेगेटिभ आए पनि सुरक्षित रुपमा बसिरहेको बेला समाजले नै भ्रम फैलाएर आफू र दिदी भेनाजुलाई मानसिक तनाव दिने काम भएको भन्दै अफवाह फैलाउनेहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन ।


सञ्जीवकी दिदी अञ्जनाले भाइको रिपोर्ट नेगेटिभ भएको र सुरक्षित बसिरहेका बेला समाजमा भ्रम फैलाएर मानसिक तनाव दिएको आरोप लगाएकी छिन । उनले थपिन ‘समाजले घरबाट बाहिरै ननिस्कनु भन्छ’ ‘घरबाट बाहिर ननिस्के घाँसदाउरा, मेलापात कसले गरिदिन्छ ?’ आफूहरु अन्यायमा परेको भन्दै कारवाही हुनुपर्ने माग गरिन ।

उक्त वडाका वडाध्यक्ष तारा नरेश पौडेलले भने सञ्जीवसँगै काम गर्ने, बस्ने इञ्जिनियरलाई कोरोना पोजेटिभ पुष्टि भएपछि सुरक्षित ढंगले बस्नु भनेको र आफू र टोल विकास संस्थाले सामाजिक बहिष्कार गर्ने र नजरबन्द गर्ने काम नगरेको बताएका छन ।

भानु नगरपालिकाका मेयर उदयराज गौलीले सुरक्षित ठाउँमा गएर बस्नु भनेर सञ्जीवलाई पठाएको बताए । घरमा नगएर दिदीकोमा बसेको र भाञ्जीलाई काखमा लिने काम गरेकोले दिदी भेनाजुलाई पनि बाहिर नहिड्नु भनेपछि हल्लीखल्ली भएको बताए ।

यस विषयमा आफूले वडाध्यक्षसित कुरा गरेको र घरमा सुरक्षित बस्नु भनेको बताउँदै मेयर गौलीले यस्तो बेलामा कसैले पनि कसैलाई तिरस्कार गर्न नहुने बताए । उनले यहाँ राजनीतिकरण भएको पनि बताए । वडाध्यक्ष कांग्रेसको भएको र सञ्जीवहरु कम्युनिष्ट भएकाले पनि आरोप प्रत्यारोप भएको मेयर गौलीले भनाई छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले भने सो घटनाबारे भानु ११ रुपाकोटबारेमा निवेदन प्राप्त भएको र प्रहरीलाई बुझ्न पठाएको बताएका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी