ओमिक्रोनको कारण देखाउँदै तनहुँ महोत्सव स्थगित

  • ख-
  • ख+

दमौलीः कोभिडको ओमिक्रोन भेरिएन्टका कारण उत्पन्न परिस्थितीको कारण देखाउँदै आठौं तनहुँ महोत्सव स्थगित भएको छ ।

महोत्सवको आयोजक तनहुँ उद्योग वाणिज्य संघले एक विज्ञप्ति निकाल्दै महोत्सव कोभिडको तेश्रो लहर ओमिक्रोनका कारण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ ।


संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ र महासचिव सुबोध अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न उद्योगी व्यवसायीलाई अनुरोध पनि गरिएको छ ।
संघले यही

माघ १९ गतेबाट फागुन १ गतेसम्म महोत्सव आयोजना गर्दै आवश्यक तयारी थालेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्