ऋषिङ म्याराथनः पहिलो भए तीर्थ तामाङ

  • ख-
  • ख+

ऋषिङ: दोस्रो ऋषिङ अल्ट्रा म्याराथन प्रतियोगितामा धावक तीर्थ तामाङ पहिलो भएका छन् । कुल ४३ किलोमिटर दूरी दुई घण्टा ५१ मिनेटमा पूरा गरेर उनले विजेताको उपाधि पाएका हुन् ।


यसैगरी धावक देवराज महतारा दोश्रो हुन सफल भएका छन् । उनले दूरी २ घण्टा ५४ मिनेट २५ सेकेण्डमा दूरी पुरा गरे । यसैगरी, सुमन कुलुङ राईले दूरी तीन घण्टा पाँच मिनेट ४६ सेकेण्डमा दूरी पुरा गरेर तेश्रो उपाधि पाए ।

गाउँपालिकाको आयोजनामा सञ्चालित म्याराथनको दोश्रो श्रृंखलामा उनीहरु विजेता भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले दमौली न्यूजलाई जानकारी दिए ।

प्रतियोगितामा महिलातर्फ सीता रानाभाटले ४ किमी दौड १० मिनेट १७ सेकेण्डमा पूरा गरेर पहिलो भएकी छन् । यसैगरी यमुना थापा १० मिनेट १९ सेकेण्डमा पुरा गरेर दोश्रो तथा विष्णु परियार १० मिनेट २५ सेकेण्डमा पूरा गरेर तेश्रो भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी