ऋषिङ अल्ट्रा म्याराथन शुरु

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिका–८, धारुङबाट अल्ट्रा म्याराथन शुरु भएको छ ।

वडा नं. ८ का अध्यक्ष भवीसरा आलेको अध्यक्षतामा भएको कार्यक्रमकाबीच संविधानसभा सदस्य झुलबहादुर आलेले गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष गिनुमाया थापा लगायतको उपस्थितमिा दौडको उद्घाटन गरेका छन् ।


म्याराथन कार्यक्रम संयोजक दान बहादुर श्रेष्ठका अनुसार अल्ट्रा म्याराथनमा ४९ जना, सर्ट दौडमा ३० जना र महिला सर्ट दौडमा ६ जना खेलाडीहरु सहभागी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्