मीनको ५८ औं वार्षिकोत्सव

  • ख-
  • ख+

थर्पु: मीन मावि थर्पुकाे ५८ अाैं बार्सिकाेत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्सवको एक कार्यक्रमकाबीच म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् ।

अध्यक्ष रानाले प्राविधिक शिक्षा सञ्चालनकाे लागि आफ्नाे तर्फबाट सहयोग रहने बताइन् । ‘तपाईंहरू अगाडि बढ्नुहाेस गाउँपालिकाकाे तर्फबाट सहयोग रहन्छ,’ रानाले भनिन् ।

कार्यक्रममा म्याग्दे  गाउँपालिकाका  उपाध्यक्ष बालकृष्ण घिमिरेले मीन माविसँग आफ्नाे पारिवारिक सम्बन्ध समेत रहेको भन्दै आवश्यक सहयोगका लागि सधैं तयार रहेको बताए ।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा घिमिरेले  २०२१ सालमा स्थापना भएको मीन माविले अाजकाे दिनसम्म अाइपुग्दा स्मार्ट टिभी मार्फत १ देखि ५ सम्मका विद्यार्थीलाई पठनपाठन गर्ने गरेको , अङ्ग्रेजी तथा नेपाली माध्यमबाट पढाइ सञ्चालन  गरेको , विद्यार्थीकाे  रिजल्ट लगायतका स्कुलमा हुने गतिविधि अभिभावकलाई जानकारी गराउने गरिएको बताइन् ।

साइन्स ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय , स्वास्थ्य कक्षा तथा स्वास्थ्यकर्मी शिक्षक  राख्ने ब्यबस्था समेत विद्यालयले गरेको घिमिरेले जानकारी दिइन् । ‘ प्राविधिक शिक्षाको लागि पटकपटक प्रयास गरिएको छ , तर पूरा हुन सकिरहेको छैन , यसलाई पूरा गर्न सम्बन्धित निकायको तत्कालै ध्यान पुगाेस,’ घिमिरेकाे माग थियो  ।

कार्यक्रममा विद्यालयका प्रअ राजेन्द्र भण्डारीले विद्यालयकाे गतिविधिकाे बारेमा प्रकाश पारेका थिए । साेहि अवसरमा  ०५६ सालकाे एसएलसी ब्याजका विद्यार्थीहरूले वालविकास मा अावस्यक पर्ने सामानहरू कुर्सी , टेबल , खेलाैना गरि १ लाख ५२ हजार बराबरको सहयोग गरेकाे वडा सदस्य दिपक श्रेष्ठले बताए ।

  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा घिमिरेको अध्यक्षतामा भएको  कार्यक्रममा बालचन्द्र श्रेष्ठ ,  शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्मा , बिष्णु थापा , वडा नँ ४ का अध्यक्ष प्रेमबहादुर थापा , हरिबहादुर थापा लगायतका वक्ताहरूले बाेलेका थिए ।

कार्यक्रममा विद्यार्थीहरु वसन्त कुमाल,सजिना कुमाल र मनिशा कुमालले अत्यन्तै उत्कृष्ट कार्यक्रम सञ्चालन गरेका थिए भने त्यसको सहजिकरण शिक्षक  टेकु सिग्देलले र  शेरबहादुर थापाले गरेका थिए । कार्यक्रममा विद्यार्थी हरूले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्