पुष ३० देखि व्यासको कृषि तथा पशुपंक्षी मेला

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको आयोजनामा प्रथम तनहुँ कृषि तथा पशुपंक्षी दमौलीमा गरिने भएको छ ।

पुस ३० गतेदेखि माघ २ गतेसम्म दमौलीमा मेला हुने पत्रकार सम्मेलनमा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी गराए । मेलामा स्थानीय किसानले आफ्नो उत्पादनको प्रदर्शन गर्ने उनले बताए ।

नेपाल बीउ व्यवसायी संघ तनहुँको सहकार्यमा हुने मेलामा ४० वटा स्टल राखिनेछ । मेलामा स्टल निःशुल्क तथा गेट पास पनि निःशुल्क दिइनेछ । किसानलाई हौसला बढाउन मेलामा उत्कृष्ट किसानलाई पुरस्कारको समेत व्यवस्था गरिने उनले बताए ।

पत्रकार सम्मेलनमा नेपाल बीउ व्यवसायी संघ तनहुँका अध्यक्ष बैकुण्ठनाथ मिश्रले कृषिसँगै पशुपंक्षीको पनि प्रदर्शन गरिने बताए । बटाइ, टर्की , कालिज लगायत मौरिको मह, कुराउनी, घ्यू लगायतका चिजहरू प्रदर्शनीमा राखिने उनले बताए ।

‘माघे संक्रान्ति एउटा पर्व हो , सक्रान्तिको दिनमा पहिले पहिले कृषि प्रदर्शनी हुन्थ्यो , तर पछि महोत्सव लगायतका अन्य कार्यक्रम हुन थालेपछि हराउँदै गयो , यसैलाई ब्युँताउन हामीले अहिले पहिलो प्रयास गर्दैछौँ ,’ मिश्रले भने ।

३० गते उद्घाटन , १ गते कृषि मेला भित्रै नेपाल मगर संघ व्यासनगरको आयोजनामा विभिन्न साँस्कृतिक कार्यक्रम र २ गते उत्कृष्ट किसानलाई पुरस्कार सहित समापन गरिने मिश्रले बताए । पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल ,नेपाल मगर संघ तनहुँका अध्यक्ष मनिराज थापा , नन्दु थापा लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी