
दमौली: चर्चित गीतकार सागर उदासको शब्द रहेको ‘जम्काभेट’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । नेपाली तारा सन्तोष लामाको स्वर रहेको गीतमा संगीतकार हरि लम्सालको संगीत छ ।
प्रेममा आधारित धेरै चर्चित गीत लेखन गरेका उदासकाे यो गीत पनि प्रेममा आधारित छ ।
भिडियोमा आर.भी सुनाम र सिमरन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षेत्रिको लगानीमा निर्माण भएको उक्त भिडियोको कोरियोग्राफी बबिता थापाको रहेको छ।
हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छाया“कन र सम्पादन रमेश शर्माले गरेका छन् । रोशन शर्माको एसोसियट निर्देशनमा तयार भिडियो हाई लाइट्स नेपालको आधिकारीक यूटुव च्यानल मार्फत रिलिज भएको छ ।
पछिल्लो समय मोडलिङ्मा सक्रिय मोडल सुदिप पौडेलको निर्देशनमा तयार भिडियोले सबैको मन जित्ने विश्वास लिइएको छ ।गायक उदास ‘ जम्काभेट ‘ बाट आशावादी रहेको बताउँछन् ।