
दमौली : तनहुँका पत्रकार एवं राष्ट्रिय दलित पत्रकार संघ नेपाल तनहुँ शाखाका उपाध्यक्ष शालिकराम सुनारले आजीवन पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् ।
पत्रकार सुनारले प्रत्येक बर्ष एक पत्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गर्ने गरि रु.पाँच हजार पाँच राशीको पुरस्कार स्थापना गरेका हुन् । स्वर्गीय आमा कृष्णमाया बिकको स्मृतिमा प्रत्येक बर्ष पुरस्कार स्थापना गर्ने गरी घोषणा गरेका छन्।
आफु अन्दाजी १२ बर्षको उमेर हुँदा जन्म दिने आमाको निधन भएको स्मरण गर्दै पत्रकार सुनारले प्रत्येक बर्ष सक्रिय रुपमा कलम चलाउने एक दलित पत्रकारलाई सम्मान को लागि आफुले पुरस्कार प्रदान गर्ने सुनारले बताए । साधारण सभाको अवसरमा दलित समुदायका पत्रकारलाई उक्त राशीको पुरस्कारले सम्मान गरिने संघका जिल्ला अध्यक्ष एस.बि.नेपालीले जानकारी दिए ।
पुरस्कार राशि स्थापना भएपनि पत्रकारिता क्षेत्रमा क्रियाशिलता र कस्तो विषय बस्तुलाई प्राथमिकता दिइएको छ भन्ने निर्धारण गरि पत्रकार छनौट गरिने अध्यक्ष नेपालीले बताए । सुनार एक सफल व्यवसायी पनि हुन ।