
दमौली: नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
नवौं जिल्ला अधिवेशनमा उनको मात्र दावेदारी परेपछि म्याग्देका श्रीप्रसाद सर्वसम्मत भएको पार्टी ऋषिङ्ग कमिटी सचिव कविराज श्रेष्ठले जानकारी दिए ।
तर, औपचारिक घोषणा भने भएको छैन ।
उपाध्यक्षसहित पदमा भने उम्मेदवारी बढी परेको छ ।
उपाध्यक्षमा हरिराज कँडेल, मेख थापा र मोहन विकले उम्मेदवारी दिएका छन् ।
सचिवमा राजेश्वर ढकाल र विष्णुभक्त सिग्देलको भीडन्त हुने देखिएको छ ।