गाउँ पस्यो कांग्रेस !

  • ख-
  • ख+

म्याग्देः नेपाली काङ्ग्रेस म्याग्दे गाउँ पसेको छ । जनताको दु:खसुखमा साथ दिन र जनताको भावना बुझ्न प्रत्येक वडाका टोलटोलमा पुगी जनता भेटघाट कार्यक्रम सुरु गरेको कांग्रेस म्याग्दे सभापति रामभक्त घिमिरेले बताए ।

पुस २२ गतेदेखि सुरु अभियानको पहिलो दिनमा १ नं वडाका मानुङ, बर्च्याङ हुँदै थान्सिङ, बह्पुर, हटिया डुईनडाडा , गुन्जारा, उमाचोक, सिप्ले, किल्चोक, डडुवा, पाण्डेथोक, डाकु, गैरा, हटिया, घ्यान्थोक, मुलाबारी, काफलस्वाँरा, छाङपाटन सम्म पुगि त्यहाँका जनतासँग अन्तर्किया समेत गरिएको सचिव गौरवराज रानाले बताए ।

मतदाता नामावलीमा नाम छुटेका तथा उमेर पुगेका नयाँ मतदाताबीच मतदानको महत्त्व बुझाउन र नाम टिपाउने भेटघाट कार्यक्रमको उद्धेश्य रहेको रानाले बताए ।

यस्ता अभियानले कार्यकर्ता र नेताबीचको कुरा साझा हुन र सम्बन्ध प्रगाढ राख्न मद्दत पुग्ने अर्का सचिव सुन्दरमणि अधिकारीले बताए ।

जनता भेटघाट कार्यक्रममा गाउँकार्यसमितिका सबै पदाधिकारी लगायतको टिमको सहभागीता रहेको पार्टी प्रवक्ता भुपेन रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी