देउराली नगर सिकाइ केन्द्रमा बाबुराम

  • ख-
  • ख+

दमौलीः देउराली नगर सिकाई केन्द्रको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले बाबुराम वगालेको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

निवर्तमान अध्यक्ष विष्णुभक्त न्यौपानेको अध्यक्षतामा आयोजित भेलामा वडा सदस्यहरु रविन पौडेल, श्रीमाया विक, सल्लाहकार माया सोती, निर्वाचन अधिकारी सरिता भण्डारीलगायतले बोलेका थिए ।

कार्यक्रममा आर्थिक प्रतिबेदन ओम बहादुर थापाले गरेका थिए भने सहजीकरण सान्ता सोतीले गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी