२९ औं त्रिवेणी कपको उपाधि बुद्धलाई

  • ख-
  • ख+

लमजुङ : बुद्ध युवा क्लब आँबुखैरेनी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङ सदरमुकाम बेसीसहरस्थित सहजी खेल मैदानमा बुधबार भएको फाइनलमा भगवती क्लबलाई २–० ले हराउँदै बुद्ध च्याम्पियन बनेको हो ।

बुद्धलाई च्याम्पियन बनाउन सन्दीप राना मगर र राम्से यान्निकले एक एक गोल गरे ।
खेलको १३ औं मिनेटमा सन्दीपले गोल गर्दै बुद्धलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि १५ औं मिनेटमा यान्निकले गोल गर्दै बुद्धलाई २–० को जित दिलाए । उपाधिसँगै बुद्धले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता भगवतीले ३ लाख प्राप्त गरेको छ ।

यस अघि बुद्धले दोस्रो सेमिफाइनलमा समाज कल्याणलाई ३–० ले हराएको थियो । यस्तै पहिलो सेमिफाइनलमा भगवतीले त्रिवेणी युवा क्लबलाई ३–० ले हराएको थियो । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी