लायन्स क्लब खैरेनीटारद्वारा विद्यार्थीलाई न्यानो कपडा

  • ख-
  • ख+

खैरेनीटार : लायन्स क्लब अफ तनहुँ खैरेनीटारले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

तनहुँको शुक्लागण्डकी ८ कालिका प्रावि किमलडाँडाका ७० जना विद्यार्थीलाई स्वेटर र स्टेशनरी सामग्री वितरण गरेको रिजन ३० का रिजन चियर पर्सन प्रदीप थापाले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा क्लबका अध्यक्ष पिताम्बर तिम्सिना ,जोन चियर पर्सन तथा निवर्तमान अध्यक्ष राजबहादुर थापा, कार्यक्रमका संयोजक तथा क्लबका पूर्व अध्यक्ष सुजित हिराचन लगायतको उपस्थिति रहेको थापाले बताए ।

क्लबले यस अघि पनि विभिन्न सहयोग तथा सामाजिक काम गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्