व्यास नगरपालिकाको अनुरोधः बुधबारसम्म फोहोर ननिकाल्नुस्

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले बुधबारसम्म फोहोर ननिकाल्न नगरवासीसँग आग्रह गरेको छ । नगरपालिकाको सरसफाई उपशाखाले सूचना जारी गर्दै पटक पटक नदीले कटान गरेका कारण व्यास ३ भतेरीमा व्यवस्थापन गर्न नसकिएकाले बुधबारसम्म फोहोरमैला उठाउन नसकिने भएकाले फोहोर ननिकाल्न अनुरोध गरेको छ ।

नगरपालिकाले साविकमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँ मादी नदीले कटान गरे पछि मादी पुलमुन्तिर फोहोर व्यवस्थापन गर्दै आइएको थियो । तर त्यस ठाउँमा आवतजावतमा कठिनाई परेकाले मर्मतको काम भैरहेकाले केही दिनभित्रमा व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी