दमौलीमा ‘सान एजुकेसन’को सेवा शुरु

  • ख-
  • ख+

दमौलीः दमौलीमा सान एजुकेसन कन्सल्ट्यान्सीले सेवा थालेको छ । कन्सल्ट्यान्सीको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरे ।

व्यास ४ मा स्थापित कार्यालयको उद्घाटन गर्दै भण्डारीले विदेश गएका नेपालीहरुले आफनो मातृभूमिलाई बिर्सन नहुने बताए ।

राम्रो काममा लगाई दिन्छु भन्दै धेरै कन्सलटेन्सहरुले झुक्याएर विदेश पठाउने र गएपछि आफुले पठाएकाहरुसग सम्पर्कवीहिन हुने अवस्था रोक्न आफूले पहल गर्ने भण्डारीले बताए ।


कन्सलट्यान्सीका संचालक नजरत अलि मियाँ, सतार मियाँ र सलमान अलीको कुल २० लाखको संयुक्त लगानीमा कन्सल्ट्यान्सी स्थापना गरिएको व्यवस्थापक शंकर परियारले बताए ।

तत्कालै ६ जनाले रोजगारी पाएको र आत्मनिर्भर र रोजगारमुखि काम गर्न कार्यालय स्थापना गरेको सञ्चालक नजरत अलीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी