तनहुँ महोत्सवको मिति फेरियो, अब माघ १९ गते

  • ख-
  • ख+

दमौली: यस अघि पुस २९ देखि माघ १० सम्म तय आठौं तनहुँ महोत्सवको समय परिवर्तन भएको छ ।

बुधबार बसेको बैठकले अब माघ १९ देखि फागुन १ गतेसम्म महोत्सव गर्ने निर्णय गरेको संघकी कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

उनले विशेष कारणवश मिति परिवर्तन गर्नु परेको बताए पनि कारण भने खुलाइनन् ।

संघका अध्यक्ष समेत रहेका मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले वार्षिक साधारण सभाको मिति पुस २४ गते तय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्