म्याग्देका ६ जनामा नयाँ संक्रमण

  • ख-
  • ख+

दमौलीः म्याग्देका ६ जनामा कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार म्यादेको वडा नम्बर १, २, ४, ५, ६ र ७ का व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ ।

संक्रमितमा भारतबाट आएर होम क्वारेन्टिनमा बसेका व्यक्ति भएको बुझिएको छ । म्याग्दे १ का २६ वर्षका पुरुष, म्याग्दे २ का ३५ वर्षका पुरुष, म्याग्दे ४ का ३७ वर्षका पुरुष, म्याग्दे ५ की १५ वर्षिया महिला, म्याग्दे ६ का ३१ वर्षका पुरुष र म्याग्दे ७ की ३२ वर्षिया महिला छन् ।

गाउँपालिकाको स्वास्थ्य शाखाले हाल कन्ट्याक्ट ट्रेसिङ नभएको तर विभिन्न भागबाट आएर क्वारेन्टिनमा बसेकाको नमूना पठाइएकामा उनीहरुमध्ये केहीको पोजिटिभ आएको जनाएको छ ।

संक्रमितमध्ये एक महिला सर्लाही, एक पुरुष युएई तथा चार अन्य पुरुष भारतबाट आएर होम क्वारेन्टिनमा बसेको गाउँपालिकाको स्वास्थ्य शाखाका दिनेश पण्डितले जानकारी दिए ।

विभिन्न देश तथा भागबाट आएका ३९ जनाको स्वाब शनिबार पठाइएकामा ६ बाहेक बाँकीमा नेगेटिभ देखिएको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी