
दमौलीः गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा गण्डकी प्रदेशमा बिहिबार सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश सरकारले यस अघि नै राजपत्रमा सूचना प्रकाशित गरेर तमु ल्होसारमा बिदा दिने निर्णय वर्षकै शुरुआतमा गरिसकेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए ।
गण्डकी प्रदेश गुरुङ समुदायको बाहुल्यता भएको प्रदेश मानिन्छ । यस अघिका समयमा चाडको अघिल्लो दिन बिदा दिने परम्परा तोड्दै केही अघि राजपत्रमै सूचना प्रकाशन गरेर प्रदेश सरकारले वर्षभरका बिदा निर्धारण गरेको थियो ।