स्वतन्त्र पत्रकार संघ तनहुँको शुभकामना कार्यक्रम

  • ख-
  • ख+

दमौली: स्वतन्त्र पत्रकार संघ तनहुँको शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम मंगलबार सम्पन्न भएकाे छ ।

स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला शाखा तनहुँको केही दिन अघि सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको मंगलबार दमौलीमा शुभकामना एवं प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हाे ।

स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष केबी सम्राटले कार्यक्रमको उद्घाटन गर्दै पत्रकारले स्वतन्त्र भएर आफ्नो कलम चलाउनुपर्ने बताए ।

स्वतन्त्र पत्रकार संघलाई पत्रकार महासंघको हैसियतमा लैजानको लागि आवश्यक पहल कदमी अनुरुप हाल ३८ जिल्लामा शाखा गठन गरिसकिएको उनकाे भनाइ छ । संघका महासचिव अन्जनराज न्यौपानेले संञ्चारकर्मी आवाज बिहीनको आवाज भएकोले दुरदराजमा लुकेर रहेका बस्तुस्थितिलाई सार्वजनिक गर्दै सुसुचित गर्नुपर्नेमा जोड दिए ।

संञ्चारकर्मीहरु राजनीतिक दलका निकट रहेर भन्दा पनि दलित नेता मिनबहादुर चदारोले संञ्चारकर्मीले कार्यक्रममा गर्ने अनावश्यक खर्चले दीनदुखी गरीब र असहाय बालबालिकाको लागि टेवा पुराउन पहल गर्नुपर्नेमा जोड दिए ।

 जिल्ला शाखा तनहुँका अध्यक्ष सुरेश सुनारको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रममा  पत्रकारलाई जनताले हेर्ने नजर , पत्रकारले गर्ने व्यवहार र पत्रकारकाे धर्म के हाे भन्ने विषय मनन गर्नुपर्नेमा जोड दिए ।   

संघका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सम्राटले जिल्लाका पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । साथै  सम्राटले केन्द्रबाट पठाइएका जिल्लाका स्वतन्त्र पत्रकार संघमा आवद्द संञ्चारकर्मीहरुका लागि प्रेस ज्याकेट समेत हस्तान्तरण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्